-
रिपब्लिका दैनिकमा लेख प्रकाशित।
बेलायती राजदूत एन्डी स्पार्क्सले 'रिपब्लिका' दैनिकमा खुलापत्र प्रकाशित गर्दै 'धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न' आह्वान गरेका थिए। सभासदज्युहरुलाई पत्र शीर्षकमा प्रकाशित लेखमा भनिएको थियो- 'We encourage you to ensure that the right to change religion is protected' अर्थात 'धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न हामी तपाईंहरूलाई प्रोत्साहित गर्दछौँ।' -
-
कमल थापाले भने : पश्चिमाहरुले डलर बाँडेर धर्म परिवर्तनको धन्दा चलाए
शनिवार नै हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकले नेपालमा नाङ्गो हस्तक्षेप गर्दै धर्म परिवर्तनको धन्दा चलाएको आरोप लगाए। ‘केही करोड सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ? धर्म परिवर्तनको अधिकार संविधानमै लेख्नुपर्छ भनी आदेश दिने अधिकार कूटनीतिज्ञलाई कहाँबाट आयो?', उनको प्रश्न थियो। -
• तीन दिनपछि शनिबार अन्नपूर्ण पोस्टमा 'धर्म परिवर्तनको वकालत गर्दै बेलायती राजदूत' शीर्षकमा समाचार प्रकाशित
खुल्लापत्र प्रकाशित भएको तीन दिनपछि अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित भयो- धर्म परिवर्तनको वकालत गर्दै बेलायती राजदूत। समाचारमा युरोपेली संघले गोप्य रूपमा सरकार तथा विभिन्न राजनीतिक तहमा माग राखे पनि खुला रूपमा कुनै कूटनीतिक नियोग प्रमुखबाट यस्तो गरिएको यो पहिलो भएको उल्लेख छ। -
बेलायती राजदूतको पुत्ला जलाइयो
कुटनीतिक मर्यादा तोडेर धर्म परिवर्तनको पक्षमा वकालत गरेको भन्दै विराटनगरमा बेलायती राजदूत एन्डी स्पार्क्सको पुत्ला दहन भयो। नेपालको कानुन विपरीत बोलेको र हिन्दूधर्मको खिल्ली उडाएको भन्दै सयौँको संख्यामा रहेका धर्म संस्कृति संरक्षण अभियान समितिका सदस्यले बेलायती राजदूतको पुत्ला दहन गरेका थिए। -
स्पष्टिकरण सोध्ने परराष्ट्रमन्त्रीको भनाई
बेलायती राजदूत एन्डी स्पार्कको 'सल्लाह' को सार्वजनिक आलोचना भैरहेकै बेला परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले उनको सल्लाहबारे पूर्ण विवरण माग गरिने बताए। 'हामीलाई नयाँ संविधानमा धर्मबारे के लेख्नुपर्छ भन्ने कुरा थाहा छ', नागरिकन्युजसँग उनले भने, 'यो परिस्थितिमा कसैको कुनै पनि सल्लाह अनुचित हो।' -
राजदूत स्वदेश फर्किए
यसैबीच चौतर्फी विरोधका बिच बेलायती राजदूत एन्डी स्पार्क्सले काठमाडौं छोडे। दुई हप्ता बिदा लिएर उनी स्वदेश फर्किए। -
धर्म परिवर्तनबारे अभिव्यक्तिप्रति राप्रपा नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण।
बेलायती राजदूतको लबिङपछि राप्रपा नेपालले प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गरायो। प्रधानमन्त्री कोइरालाले पनि बेलायती राजदुतको भनाइ आपत्तिजनक रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने आश्वासन दिए। कान्तिपुर दैनिकले 'आवश्यक परे राजदूतलाई बोलाएरै संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने आश्वासन -
कांग्रेसबाट विरोध
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सभासद्हरु डा. शेखर कोइराला, डा. प्रकाशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पार्क्सको अभिव्यक्तिप्रति आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेका थिए। 'देशमा सरकार छ कि छैन, छ भने त्यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही प्रक्रिया अघि बढ्छ कि बढ्दैन?' सभासद्ले प्रधानमन्त्रीसँग प्रश्न गरे। -
बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई प्रधानमन्त्रीको निर्देशन
पार्टीभित्रै आलोचना भएपछि प्रधानमन्त्री सुशील कोइरालाले धर्म परिवर्तनका पक्षमा बेलायती राजदूत एन्ड्रयु स्पार्कसित स्पष्टीकरण लिन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिए। प्रधानमन्त्री कोइरालाले राजदूतले कहिले के बोलेको हो, सत्य पत्ता लगाई आवश्यक प्रस्टीकरणसमेत लिन परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई निर्देशन दिए। -
'अतिवादी हिन्दु शक्ति उत्साहित'
बेलायती राजदूतको अडान युरोपेली संघको मानवअधिकारसम्बन्धी कार्य समूहको सुझावमा आएको अन्नपूर्ण पोस्टले दाबी गर्योे। एक स्क्यान्डिनाभियाली मुलुकको दूतावासमा भएको समूहको बैठकमा भारतमा नरेन्द्र मोदीको उदय र 'हिन्दु अतिवादी संगठन' को वर्चस्वपछि नेपालमा पनि त्यस्ता संगठन अति सक्रिय भएको र अल्पसंख्यकमाथि खतरा बढेको विश्लेषण प्रस्तुत गरिएको समाचारमा उल्लेख छ। -
-
हिन्दु युवा संयोजन अभियान नेपालले दूतावासमा ज्ञापनपत्र बुझायो।
. राजदूत एन्डी स्पार्क्सले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै हिन्दु युवा संयोजन अभियान नेपालले बेलायती दूतावासमा ज्ञापनपत्र बुझायो। राजदूत एन्डी दुई हप्ता बिदामा रहेकोले कार्यवाहक राजदूत गाइ हेरिसनलाई उनीहरुले ज्ञापनपत्र बुझाए। माफी नमागे राजदूतले नेपालाई छोड्नुपर्ने उनीहरुको माग थियो। -
बेलायती दूतावासको विज्ञप्ति।
बेलायती दूतावासले राजदूत एन्डी स्पार्क्सको अभिव्यक्तिपछि 'नियतबिना नै उत्पन्न असमझदारी' उत्पिन्न भएको उल्लेख गर्दै विज्ञप्ति निकाल्यो। धर्म निरपेक्षताका बारेमा बेलायती दूतावासको कुनै पनि धारणा नरहेको स्पष्ट पार्दै यस विषयमा निर्णय गर्ने अधिकार नेपाली जनता र उनीहरुले निर्वाचित गरेको प्रतिनिधिसँग मात्रै रहेको विज्ञप्तिमा उल्लेख छ। -
-
Plan projects on a visual timeline
Map milestones, phases, deadlines, and key events in one place so the sequence is easier to see and share. Timetoast is a timeline maker for work, school, research, and stories.